Source: https://www.nepalsandarv.com/archives/12364
धनगढी । कैलाली अस्पताल धनगढीले आफ्नै नयाँ भवनमा मुटुरोग विशेषज्ञ सेवा सुरु गरेको छ । आज एक पत्रकार सम्मेलनमा मुटुरोग विशेषज्ञ डाक्टर राजेश पँजियारले निरन्तर सेवा दिने गरी मुटुरोग विशेषज्ञ सेवा सुरु गरिएको जानकारी दिए ।
कैलाली अस्पतालले राजधानी काठमाण्डौ बाहिर स्पानलकटको सफल र सस्तोमा अप्रेसन गरेर सेवा ग्राहीलाई विश्वास दिएको छ ।
कैलाली अस्पताल अस्पतालका सञ्चालक जनकराज जोशीले पैसा कमाउने भन्दा पनि मुटु रोगीले भारत र काठमाण्डौ जानु पर्ने वाध्यताबाट सहज बनाउन मुटुरोग विशेषज्ञ सेवा सुरु गरिएको बताए ।
उनले मुटु रोगी उपचार सेवा सहज र सस्तोमा यस क्षेत्रका बासिन्दाले पाउन भन्ने उद्देश्यले मुटुरोग विशेषज्ञ सेवा सुरु गरेको बताएका हुन ।