You are currently viewing कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डको तयारी पूरा – khabarkunj.com

कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डको तयारी पूरा – khabarkunj.com

Sourse: https://khabarkunj.com/node/8654
धनगढी : कैलाली अस्पताल दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको तयारी पूरा भएको छ । खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा भोलि (शुक्रवार) धनगढीमा हुने स्पोर्टस अवार्डको तयारी पूरा भएको हो । मञ्चका कोषाध्यक्ष हरी जोशीका अनुसार अवार्डको मनोनयनमा परेका खेलाडी धनगढी पुग्ने क्रम जारी छ । ‘दोस्रो पटक आयोजना हुन लागेको अवार्डका लागि सुदूरपश्चिमका खेलप्रेमी प्रतिक्षामा छन्,’ उनले भने, ‘भोलि दिउसो २ बजेदेखि कार्यक्रम सुरु हुन्छ । ९ विधामा अवार्ड प्रदान गरिनेछ । प्रमुख अतिथी मुख्यमन्त्री त्रिलोचन भट्ट रहनेछन् ।’ 
धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक धनगढीको कैलाली अस्पताल रहेको छ । सुदूर फुड ईन्डष्ट्रिज, ब्राईटवे पब्लिक स्कुल,  मेरो रेडिमेड उद्योग र घोडाघोडी हस्पिटल सह–प्रायोजक रहेको अवार्डमा बर्ष पुरुष खेलाडीलाई नवजीवन अस्पताल, वर्ष महिला खेलाडीलाई नोभा अस्पताल, पिपुल च्वाईस अवार्डलाई वनदेवी युवा क्लब र बर्ष युवा खेलाडीलाई निसर्ग अस्पतालले प्रायोजन गरेको छ । त्यसैगरी स्पेशल अवार्डलाई न्यू सिटी पोलीक्लिनिक, लाईफटाईम एचिभमेन्ट अवार्डलाई सारथी अस्पताल, सुदूरपश्चिम आईकन पुरुषलाई माया मेट्रो अस्पताल र महिलालाई तिवारी मेडिसिनले प्रायोजन गरेका छन् ।

अवार्डको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालय रहेको छ । नवजीवन सहकारी संस्था लिमिटेड को–अपरेटिभ्स पार्टनर र ओसन पब्लिकेसन एजुकेसन पार्टनरको रुपमा रहेको छ । धनगढी बसपार्कमा रहेको मिश्रा जनरल स्टोर र एलएनचोकमा रहेको शम्भु पुस्तक भण्डारले पनि अवार्डलाई सहयोग गरेको छ । अवार्डमा वर्ष २०७६ मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा खेलाडी र वर्षको उत्कृष्ट टिम तथा खेलकुदमा पु¥याएको विशेष योगदानको कदर स्वरुप स्पेसल अवार्ड, पूरा जीवन खेलकुदमा समर्पित गर्ने एक पाका खेलकर्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, समर्थकको मतका आधारमा दिइने पिपल्स च्वाईस अवार्ड गरी ९ विधामा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गरिनेछ ।  
अवार्डको उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाईम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिईनेछ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ । अवार्ड कार्यक्रम डिसहोम एक्सन स्पोर्टस र धनगढीका स्थानीय संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने बताईएको छ । कार्यक्रम धनगढीको ओम प्यालेसमा आयोजना हुनेछ । 

Leave a Reply