You are currently viewing सुदूरपश्चिममा नभएका सेवा हामीले ल्याएका छौँ, सुलभ र गुणस्तरिय सेवाले सेवाग्राहीको मन जितेका छौँ डा. जोशी – state7online.com

सुदूरपश्चिममा नभएका सेवा हामीले ल्याएका छौँ, सुलभ र गुणस्तरिय सेवाले सेवाग्राहीको मन जितेका छौँ डा. जोशी – state7online.com

  • Post category:news
  • Post comments:0 Comments
  • Reading time:2 mins read

Source: https://www.state7online.com/archives/14002

डक्टर साप कैलाली अस्पतालले हाल के के सेवा दिइरहेको छ ?

कैलाली अस्पताल पहिला अर्कै भवनमा थियो अहिले आफ्नै सुबिधा सम्पन्न भवन बनाएर बिषेश सेवा दिन खोजिरहेको छ । हाडजोर्नी, दुर्बिनबाट गरिने उपचार, जोर्नी फेर्ने, फागुन १ गतेबाट मुटु रोग सम्बन्धिपनि सेवा शुरु भइसकेको छ । अन्य सबै प्रकारका सेवा हामीले दिइरहेका छौँ ।

कुन कुन चिकित्सकले कैलाली अस्पतालबाट सेवा दिइरहेका छन् ?

अहिले हामीसंग फिजिशियन, सर्जरीको डक्टर, शल्यक्रिया, हाडजोर्नी, मुटु सम्बन्धि, छाला लगायत सबै किसिमका चिकित्सकहरु हामीसंग हुनुहुन्छ । चाँडै क्याथल्याव ल्याउँदैछौँ, क्याथल्याव भन्नाले हृदयघात समस्याको उपचार गर्ने हो ।

मुटु सम्बन्धि सेवा सुदूरपश्चिममै पहिलो हो की अन्य अस्पतालहरुमापनि छ ?

मुटु सम्बन्धि उपचार स्थाई रुपमा हामीले प्रदेशमै पहिलो पटक दिइरहेका हौँ । म आफै मेरुदण्ड रोग बिषेशज्ञ छु मैले उपचार शुरु गरेको १ महिना मात्र भएको छ करिब १० वटा मेरुदण्डको सफल उपचार यहाँ आएरनै गरिसके ।

मुटु सम्बन्धि समस्याको उपचारका लागी बिगतमा कहाँ जानुपथ्र्यो र अब कैलाली अस्पतालले मुटु सम्बन्धि कस्ता सेवा दिन्छ ?

मुटु सम्बन्धि समस्याका लागी नेपालगन्ज तथा भारत जानुपर्ने अवस्था थियो । क्याथल्वावका लागी त काठमाण्डौँ तथा भारतनै जानुपथ्र्यो अब मुटु रोग सम्बन्धि सेवा शुरु भइसकेपछि यहाँका नागरिकले त्यति टाढा जानु परेन ।

जसरी निजि अस्पताल खुल्ने क्रम बढ्दै गयो नी यी अस्पतालहरुले बाहिर जानुपर्ने बाध्यतालाई अन्त्य गर्यो की नाई के प्रतिकृया दिन्छन बिरामीहरु ?

म यहाँ आएको धेरै त भएन १ महिना भयो । यो अवधीमा मैले बुझे अनुसार यहाँका बिरामी बढीजसो भारत र नेपालगन्ज उपचारका लागी जान्थे । यो की उहाँहरुको बाध्यता थियो । अहिले धनगढीमै ठुल ठुला अस्पताल खुल्दा बाहिर जानुपर्ने बाध्यता हटेको छ । बिषेशज्ञ चिकित्सक यतै आइसक्नुभएको छ यस कारणपनि अहिले यहाँका जनताले आफ्नै क्षेत्रमा शुलभ दरमा सेवा पाइरहेका छन् । अर्को कुरा भारतमानै राम्रो उपचार हुन्छ भन्ने कुरालाई यो लकडाउनलेपनि देखायो किनकी धेरै जसो नेपालीहरु यहाँ अस्पताल खुलिसकेपछिपनि भारतनै जान खोज्थे तर लकडाउनले यहाँका अस्पतालको सेवापनि पाए र भारतका ठक अस्पतालबाट हाम्रा नेपालीहरु ठगिनबाटपनि जोगिए । भारतिय सिमा क्षेत्रमा नेपालीलाईनै केन्द्रित गरेर खोलिएका क्लिनिकहरुले राम्रो उपचारभन्दापनि पैँसा अशुल्ने काम मात्र गरेका थिए । अब आफ्नै क्षेत्रमा ति सुबिधा पाएपछि हाम्रा सुदूरपश्चिम बासीलाई धेरै सुबिधा भयो ।

डक्टर साप तपाई मेरुदण्ड रोग बिषेशज्ञ हुनुहुन्छ खासमा मेरुदण्ड सम्बन्धि समस्या कस्ता हुन्छन् ?

क्मर दुख्ने, घाँटी दुख्ने समस्या सबैभन्दा मुख्य समस्या हो । १ सय जना मध्ये ९० जनामा यी समस्या आउँछन् । काम गर्ने सिलसिलामै यी समस्या आउने हुन् । यी समस्या सामान्य उपचार र ब्यायामलेनै ठिकपनि हुन्छन् । यी समस्याका लक्षण हातखुट्टा झमझम हुने, दुख्ने, ज्वरो आउने लगायतका मेरुदण्डका समस्या हुन् यस्ता समस्या भए उपचारका लागी आउन अनुरोध गर्दछु ।

अहिले कैलाली अस्पतालमा काम गरिराख्नुभएको छ बिगतको पढाई संगै कामको अनुभवपनि बताइदिनुस न ?

मेरो जन्म कञ्चनपुरको सुडामा भएको हो । पढाई काठमाण्डौँमै गरे । पढाई सकेर बिर अस्पताल, क्यान्सर अस्पताल, पाटन अस्पतालमा काम गर्ने अवशर पाए । धेरै सुदूरपश्चिमका बिरामीहरुको उपचार गर्ने मौकापनि पाए । उपचार गर्नकै लागी सुदूरपश्चिम आएको छु । मेरो र अस्पतालको उद्देश्यभ नेको शुलभ दरमा उपचार सेवा दिने, उपचारकै लागी बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्ने नै हो । हाम्रो टिम सहित समग्र बिरामीहरुको सेवामा तल्लिन छ ।

डा. साप तपाइका अनुभव त भन्नुभयो कुन केशले जिन्दगीमा साह्रै खुशी हुनुभयो तपाई ?

मेरुदण्ड बिषेशज्ञ भएका कारण जटिल केश त हरेक दिन हरेक हप्तानै गरिराख्नुपर्छ । यो सामान्य सर्जरी होइन जटिल नै हो । ग्राण्डी अस्पतालमा हुँदा एक जना १८ बर्षको केटी ढाड बागंो भएर आउनुभाको थियो । खुट्टा नचल्ने समस्या थियो हामीले १२ घण्टा लगाएर अप्रेसन ग¥यौँ । उहाँलाई होस आयो तर खुट्टा चलेन । हामीले यत्रो मेहेनत गरेपनि बिरामीको खुट्टा चलेन । पछि बिहान त खुट्टा चलेको देखियो यो केशमा हामी उपचारपछि धेरै दुखी थियौँ तर पछि खुट्टा चलेपछि हामी धेरै खुशी भयौँ । यस्ता थुप्रै अनुभवहरु छन् ।

एउटा बिरामी चिकित्सक कहाँ निको हुँलानै भनेर जान्छन तर कुनै ठाउँमा सोचेभन्दा फरक नतिजा आएर बिभिन्न घटनापनि निम्तिन्छन् कसरी यस्तो परिस्थिती श्रृजना हुन्छ ?

हामी डक्टरहरु अस्पतालमा समस्याको जाँचकै लागी बसेका हुन्छौँ । हामीले अप्रेशन गर्दा वा अन्य उपचार गर्दा बुझाउनुपर्ने कुरा नबुझाउन सकेका हुन्छौँ । कहिले काहीँ मान्छे सिटामोललेपनि मरेका घटना छन् । मात्रा नमिलेर त्यसलेपनि अशर गरेको हुन्छ । हामीले बिरामीहरुलाई सम्झाउन नसक्नुकै कारण यस्ता समस्या आउँछन् । अप्रेसन गर्दापनि कहिले काँही सामान्य समस्यालेपनि ठुलो रुप लिन्छ । यो जटिलता आयो भनेपनि हामी राम्रै गर्न खोज्छौँ । कहिलेकाहीँ जटिलता आएपनि हाम्रो प्रार्थमिकता समाधान गर्नुनै हुन्छ ।

पछिल्लो समय निजि अस्पताल खुल्ने क्रम त ह्वात्तै बढेको छ । यसले उपचारमा सहज भयो त भन्नुभयो तर कहिले काँही निजि अस्पतालले शुल्क धेरै लियो भन्ने गुनासापनि आउँछन नी ?

कैलाली अस्पताल एउटा निजि अस्पताल हो । हाम्रोमा १ सय जना स्टाफ छन् सञ्चालक छन् । निजि अस्पतालले स्टाफको खर्चदेखी सबै तिर्नै पर्छ हाम्रो आम्दानी भनेको बिरामीबाटै लिइने शुल्क हो । हामीले न्युनतम मुल्य लिनै पर्छ । हामी न्युन मुल्यमा सुदूरपश्चिम बासीलाई उपचार सेवा दिन चाहान्छौँ । उपचारका लागी रकम अभावकै कारण हामी उपचारबाट रोक्दैनौँ । सामाजिक निकाय हुनुहुन्छ म के आग्ह गर्दछुकी । एउटा कोष बनाउँ अस्पताललेपनि त्यसमा पैँसा जमा गर्छ । यसले रकम अभावकै कारण उपचार नहुने समस्यापनि समाधान हुन्छ भनेर म कोषका लागी आग्रह गर्न चाहान्छु ।

तपाइले चिकित्सा क्षेत्रको अध्यायन गर्ने बेला र अहिले सुदूरपश्चिममा स्वास्थ्य क्षेत्रको अवस्थाका बारेमापनि भनिदिनु न ?

मैले स्वास्थ्य क्षेत्रमा १५ बर्ष बिताए । शुरुमा मैले महेन्द्रनगरमै काम गर्ने अवशर पाए । त्यो बेला त्यहाँ प्रस्तुतीको सेवा समेत नभएर धनगढी पठाउनुपथ्र्यो । पछि मैले प्रस्तुतीकै तालिम लिएर शुरु गरेको थिए । त्यो बेला धनगढीमापनि अवस्था नाजुक थियो । अहिले १५ बर्षपछि त पुरै परिवर्तन छ । स्वासथ्यमा लगानी उस्तै बढेको छ । सरकारी क्षेत्रमापनि निकै प्रगती भएको छ । करिब करिब बाहिर जानुपर्ने बाध्यताको अन्तनै भएको छ । म के आग्ह गर्दछु भने उपचारकै लागी भारतका क्लिनिकमा नजान आग्ह गर्दछु । त्यहाँ ठगिने सम्भावना बढी हुन्छ । बरु हाम्रै क्षेत्रमा अथवा नेपालगन्ज उपचार गर्न आग्रह गर्दछु ।

Leave a Reply