You are currently viewing `खेलकुदको विकासका लागि प्रदेश सरकार नीजी क्षेत्रसंग साझेदारी गर्न तयार छ´ – khabarkunj.com

`खेलकुदको विकासका लागि प्रदेश सरकार नीजी क्षेत्रसंग साझेदारी गर्न तयार छ´ – khabarkunj.com

`खेलकुदको विकासका लागि प्रदेश सरकार नीजी क्षेत्रसंग साझेदारी गर्न तयार छ´
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले खेलकुदको विकासका लागि प्रदेश सरकार नीजी क्षेत्रसंग साझेदारी गर्न तयार रहेको बताएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा शुक्रबार भएको कैलाली अस्पताल दोस्रो सुदूरपश्चिम स्पोर्ट्स अवार्ड कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्ताे बताए हुन् ।
सिमित साधन स्राेतका बावजुद पनि सुदूरपश्चिम प्रदेशका खेलाडीहरुले देश विदेशमा नाम राख्न सफल भएकाेप्रति धन्यवाद दिदै मुख्यमन्त्री भट्टले खेलकूद विकासकालागि सरकार नीजि क्षेत्रसँग साझेदारी गर्न तयार रहेकाे बताए ।
कार्यक्रममा मुख्य प्रायोजक कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशीले खेलकुद पत्रकार मञ्चले गरेको कार्य निकै महत्त्वपूर्ण भएको बताउदै प्रदेश सरकारको  पनि जिम्मेवारी भएको बताए । उनले सुदूरपश्चिम स्पोर्ट्स अवार्ड आयोजना गर्न स्वास्थ्य क्षेत्रले सहकार्य गरेको बताउदै आगामी बर्षमा प्रदेश सरकारले पनि गर्ने विश्वास गरे । Tt
source: https://khabarkunj.com/node/8656

दोस्रो पटक आयोजना भएको कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा एथलेटिक्सका गोपीचन्द्र पार्की बर्ष पुरुष खेलाडी र पौडीकी गौरीका सिंह बर्ष महिला खेलाडी भइन । यस्तै भलिबलकी सरस्वती चौधरी बर्षको लोकप्रिय खेलाडी घोषित भएकी छिन् । कुस्तीका राजेन्द्र चन्द बर्ष प्रशिक्षक घोषित भएका छन् ।
एथलेटिक्सका लक्ष्मीदत्त भट्टलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । 
यस्तै कुस्तीकी संगीता धामी बर्ष युवा खेलाडी घोषित भएकी छिन् ।ब्याडटमिन्टनका प्रिन्स दाहाल र कुस्तीकी सिवाङ्गी दुवे सुदूरपश्चिम आइकन घोषित भएका छन् । तेक्वान्दोकी आयशा शाक्य र क्रिकेटकी अन्जली चन्दलाई वर्षको स्पेशल अवार्डबाट सम्मानित गरेको छ ।

Rr

Leave a Reply