You are currently viewing धनगढीको कैलाली अस्पतालमा मुटु रोग सम्बन्धी उपचार सेवा सुरु

धनगढीको कैलाली अस्पतालमा मुटु रोग सम्बन्धी उपचार सेवा सुरु

  • Post category:news
  • Post comments:0 Comments
  • Reading time:1 mins read

Source: https://paschimtoday.com/news-details/29243/2021-02-13
धनगढी,१ फागुन । कैलाली अस्पताल प्रा।लिले सुदूरपश्चिममै पहिलो पटक मुटु रोग सम्बन्धी उपचार सेवा सुरुवात गरेको छ ।

शनिवार अस्पतालमै पत्रकार सम्मेलनको आयोजना गर्दै अस्पतालका अध्यक्ष जनक राज जोशीले प्रदेशमै पहिलो पटक मुटु रोग सम्बन्धी उपचार सेवा सुरुवात गरिएको जानकारी दिए ।

सुदूरपश्चिमका मुटु रोग सम्बन्धी बिरामीहरूले अन्य ठाउँमा जानु पर्ने बाध्यताको अन्त्य भएको बताए । मुटु रोगका बिरामीलाई सस्तो र सुलभ उपचार सेवा अबदेखि कैलाली अस्पतालले प्रदान गर्ने अध्यक्ष जोशीले दाबी गरे । यस्तै मुटु रोग विशेषज्ञ डाक्टर राजेश कुमार पञ्जियारले सुदूरपश्चिम प्रदेशका जनताले अब प्रदेशमै सेवा पाउने बताए ।

उनले मुटु रोग सम्बन्धी सम्पूर्ण सेवाहरू कैलाली अस्पतालबाटै उपलब्ध गराइने जानकारी दिए । प्रदेशमा मुटु रोग सम्बन्धी डाक्टर नभएका बेला आफू आएर सेवा दिन पाउँदा खुसी लागेको बताए । आउँदो दिनहरूमा अझै गुणस्तरीय सेवा दिने प्रयास गर्ने डाक्टर पञ्जियारले प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply