source: https://paschimtoday.com/news-details/32120/2021-04-06
धनगढी,२४ चैत । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकलाई स्वास्थ्य उपचारमा सहज र सहुलियत दिने उद्देश्यले कैलाली हस्पिटल प्राइभेट लिमिटेड, धनगढी संग सम्झौता गरेको छ ।
सम्झौता–पत्र अनुसार कैलाली हस्पिटल प्राइभेट लिमिटेडमा ओ. पि. डि., बेड चार्जेज, एक्स– रे, एन्डोस्कोपी लगायत विभिन्न स्वास्थ्य उपचार सेवा शुल्कमा सेवाग्राहीले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत सम्मको छुट प्राप्त गर्ने सक्ने धनगढी बैंकले जनाएको छ ।
कुमारी बैंक लिमिटेड सुदूरपश्चिम प्रदेशका प्रमुख दिपक खनाल र कैलाली हस्पिटल प्राइभेट लिमिटेडका अध्यक्ष जनक राज जोशी बीच सम्झौता पत्रमा हस्ताक्षर गरेको बैंकले जानकारी दिएको छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९३ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।